+
+
Shares

अधिवक्ता स्वागत नेपालको बहसमा प्रधानन्यायाधीश राउतको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अधिवक्ता भद्रप्रसाद नेपालको राष्ट्रपतिले भीडको दबाबमा प्रधानन्यायाधीश समेत हटाउनसक्ने अभिव्यक्तिमा आपत्ति जनाएका छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले भीडको बलमा प्रधानमन्त्री परिवर्तन गरेको अधिवक्ता नेपालले बताएका थिए।
  • प्रधानन्यायाधीश राउतले आन्दोलनको आडमा राष्ट्रपतिले सरकार परिवर्तन गर्ने काम गरेको भन्दै त्यसतर्फ लगाम नलागे हस्तक्षेप बढ्ने आपत्ति जनाए।

१२ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल)को बहसमा आपत्ति जनाएका छन् ।

बहसका क्रममा उनले भीडको दबाबमा राष्ट्रपतिले प्रधानन्यायाधीश समेत हटाउनसक्ने भनेपछि राउतले आपत्ति जनाएका थिए ।

राउतले अधिवक्ता नेपाललाई रोक्दै उनको अभिव्यक्ति आपत्ति जनाउने खालको भएको बताएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले भीडको बलमा प्रधानमन्त्री परिवर्तन गरेको भन्दै अधिवक्ता नेपालले भोलि कानुनी क्षेत्रका व्यक्तिहरूले राष्ट्रपति भवन अगाडि गएर प्रदर्शन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीश समेत हटाउनसक्ने बताएका थिए ।

त्यसैमा प्रधानन्यायाधीश राउतले आपत्ति जनाएका हुन् ।

आन्दोलनको आडमा राष्ट्रपतिले सरकार परिवर्तन गर्ने काम गरेको भन्दै त्यसतर्फ लगाम नलागेमा राष्ट्रपतिले अरू निकायमा पनि हस्तक्षेप गर्ने अधिवक्ता नेपालको जिकिर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?