+
+
Shares

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते ७:०२
फाइल तस्वीर ।

१३ कात्तिक, दशरथचन्द(बैतडी) । मेलौली नगरपालिका-७ स्वाखानीमा जीप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए ।

घाइते हुनेमा दशरथचन्द नगरपालिका-७ का ३४ वर्षीय जनक बडु, मेलाैली-२ बस्ने ४३ वर्षीय डम्बरदत्त पाण्डे,३४ वर्षीय हरिश पाण्डे र २८ वर्षीय ओम पाण्डे रहेका छन् ।  उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?