+
+
Shares

पखेटा प्रत्यारोपणबाट पुतलीले पायो पुनर्जीवन (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते ९:०५

१३ कात्तिक, काठमाडौं । कल्पना गर्नुस् त कुनै अशक्त व्यक्तिलाई उसका हराएका अंगहरू फिर्ता भयो भने ऊ कति खुसी होला । उसका लागि त्यो पुनर्जन्मभन्दा कम हुनेछैन । यस्तै पुनर्जन्मको अनुभूति एक पुतलीलाई पनि दिलाइदिएका छन् उद्धारकर्ताहरूले ।

अर्थात् उद्धारकर्ताहरूले उक्त पुतलीको भाँचिएको पखेटा मर्मत गरेर फेरि उड्न सक्ने बनाएका छन् । यस पखेटा प्रत्यारोपणको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अमेरिकाको लङ आइल्याण्डस्थित स्वीटब्रायर नेचर सेन्टरका उद्धारकर्मीहरूले घाइते मोनार्क प्रजातिको पुतलीको पखेटा प्रत्यारोपण गरेका हुन् । उनले पुतलीको भाँचिएको पखेटालाई अर्को नयाँ पखेटाले बदलिदिए र त्यसलाई फेरि उड्न सक्षम बनाए ।

यो विशेष क्षणको भिडियो अनलाइनमा भाइरल भएको छ र मानिसहरूको मन छुने खालको बनेको छ ।

यो पुतली भाँचिएको पखेटाका कारण उड्न असमर्थ थिई र सम्भवत: बाँच्न सक्दैनथी । त्यसपछि उद्धारकर्ताहरूले अर्को एक मृत पुतलीको पखेटा प्रयोग गरेर त्यसको मर्मत गरे ।

स्वीटब्रायर नेचर सेन्टरले भनेको छ, ‘हामीले मृत पुतलीको पखेटा सावधानीपूर्वक घाइते पुतलीको भाँचिएको पखेटामा जोड्यौं र विस्तारै उसको मर्मत पूरा गर्यौं । नतिजा यस्तो भयो कि कसैले पनि भिन्न पखेटा भएको कुरा छुट्याउन सकेन । यो साँच्चिकै अद्भुत छ !’

जब पखेटा प्रत्यारोपण पूरा भयो र पुतलीले आफ्नो पखेटा फिजाएर उडान भरी, त्यहाँ उपस्थित सबैजना भावुक भए । सानो जीवलाई जीवनको दोस्रो मौका प्राप्त भयो ।

स्वीटब्रायर नेचर सेन्टरको इन्स्टाग्रामममा पोष्ट भएको यो भिडियो लाखौं पटक हेरिएको छ । मानिसहरूले उद्धारकर्मीहरूको कठिन परिश्रम, दयालु र संवेदनशीलताको प्रशंसा गरिरहेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंहरू साँच्चिकै असल मान्छेहरू हुनुहुन्छ ।’

अर्कोले भनेका छन्, ‘मलाई विश्वासै लागेन यो साँच्चै सम्भव छ भनेर ! मलाई लाग्थ्यो पुतलीको पखेटा टाँसिदिँदा ऊ उड्न सक्दैन, तर यो त साँच्चै अद्भुत रहेछ !’

स्वीटब्रायर नेचर सेन्टर अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्याण्डमा रहेको नाफा–नलिने संस्था हो, जसले घाइते वा अनाथ वन्यजन्तुहरूको उपचार र पुनर्स्थापना गर्छ । यसले बालबालिका र समुदायका लागि प्रकृति र वन्यजीवनबारे शिक्षात्मक कार्यक्रमहरू पनि सञ्चालन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?