१८ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।
नागरिकताको प्रतिलिपि लिन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएकी हुन् ।
उनले राजनीतिक दलहरू टुट्नुफुट्नु राम्रो नभएको बताइन् । पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ऽ
राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहर एक हुनुपर्ने उनले बताइन् ।
उनले भनिन्, ‘पार्टीहरू टुट्नुफुट्नु राम्रो कुरा होइन, पार्टीहरू सुसंगठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरू पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरू पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’
उनले ताजा जनादेशका लागि अहिलेको सरकार गठन भएको बताउँदै निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताइन् ।
सुरक्षाकर्मीका हातहतियारहरू लुटिएको भन्दै गल्ती गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिइन् । राजनीतिक दलहरूलाई पनि बोलाएर संवाद गर्नुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया 4