+
+
Shares

अस्पताल पुगेर पूर्व राष्ट्रपति भण्डारीले लिइन ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

पूर्वराष्ट्रपति भण्डारीले चिकित्सकसँग पनि ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १६:४१

१६ चैत, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर पूर्व राष्ट्रपति भण्डारीले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।

पूर्वराष्ट्रपति भण्डारीले चिकित्सकसँग पनि ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनले बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई भदौ २३ र २४ का घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै सरकारको निर्देशनले प्रहरीले शनिबार पक्राउ गरेको थियो । पक्राउपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको छ । –रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?