News Summary
Generated by OK AI. Editorially reviewed.- सागर डिस्टिलरीको ७२ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भई आइतबारदेखि कारोबार सुरु हुने भएको छ।
- कम्पनीको पहिलो कारोबार मूल्य १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्म तोकिएको छ र १० प्रतिशतसम्म मूल्य बढ्न वा घट्न सक्नेछ।
- सागर डिस्टिलरीले मदिरा उत्पादन गर्दै आएको छ र गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ५९ पैसा मात्र रहेको छ।
२० कात्तिक, काठमाडौं । सागर डिस्टिलरी नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ७२ लाख ६० हजार कित्ता सेयर बजारमा सूचीकृत भई कारोबार सम्बन्धी सम्झाैता भएको छ ।
कम्पनीको कोड नाम एसएजीएआर प्रदान भएको छ । यसको आइतबारदेखि बजारमा कारोबार सुरु हुने भएको छ । पहिलो कारोबार मूल्य १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्म तोकिएको छ । सो बीचमा जुनसुकै मूल्यमा पहिलो कारोबार भइ सो दिन १० प्रतिशतसम्म मूल्य बढ्न वा घट्न सक्नेछ ।
कम्पनीको ७२ लाख ६० हजार कित्ता सेयरमा ८० प्रतिशत संस्थापक सेयर छ भने २० प्रतिशत सर्वसाधारण समूहको छ । नवलपुरमा कम्पनीको प्रधान कार्यालय छ, यसको आरटीएस सेवा मुक्तिनाथ क्यापिटलले प्रदान गर्दछ । उत्पादन तथा प्रशोधन समूहमा यो सूचीकृत भएको हो ।
यस कम्पनीले नेप्से बुल्स, रोयल ब्लु, गभर्नर, ग्रेउल्फ, लोलीपप गोल्ड, ललीपप सिल्भर, ललीपप एप्पल, लगायत ब्राण्डका मदिरा उत्पादन र बिक्री गर्दै आएको छ । नवलपुरको देवचुली नगरपालिका वडा नं. १ मा उद्योग सञ्चालनमा छ ।
२०८० साल जेठ ७ गते प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत भएको हो । विगतका वर्षमा लामो समय कम्पनी नोक्सानीमा सञ्चालनमा रह्यो । गत आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ५९ पैसा मात्रै छ ।
प्रतिक्रिया 4