+
+
Shares

‘स्वतन्त्र कलाकारमाथि आक्रमण नगर्न’ दीपकराज र माग्ने बुढाले गराए संचारमन्त्रीसमक्ष ध्यानाकर्षण

संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले दीपकराजलाई चिन्ता नलिन आग्रह गरे । ‘दीपकजी तपाईंले सहि गर्नुभएको छ भने चिन्ता नलिनूस । जनताले न्याय गर्नुहुन्छ’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेताद्वय दीपकराज गिरी र केदार घिमिरेले जेनजी आन्दोलनको तोडफोडमा स्वतन्त्र कलाकारलाई प्रहार गरिएको भन्दै सञ्चारमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
  • दीपकराजले जेनजी आन्दोलनलाई विध्वंशसँग मात्र जोड्न नहुने र यो मेरो आन्दोलन हो, तेरो होइन भन्ने भावनाले द्वन्द्व सिर्जना गर्न सक्ने बताए।
  • सञ्चारमन्त्री जगदिश खरेलले दीपकराजलाई चिन्ता नलिन आग्रह गर्दै भने, 'जनताले न्याय गर्नुहुन्छ' र चलचित्र विकास बोर्डले कलाकारसँग छलफल कार्यक्रम आयोजना गरेको थियो।

काठमाडौं । अभिनेताद्वय दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’ले जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजानी भएका घटनामा स्वतन्त्र कलाकारलाई प्रहार गर्ने काम भएको भन्दै संचार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

विहिबार मन्त्रालयले आयोजना गरेको चलचित्रकर्मीसँगको अन्तक्रिया र छलफलमा उनीहरूले कलाकार लक्षित आक्रमणबारे कुरा राखेका थिए ।

दीपकले जेनजी आन्दोलनलाई विध्वंशसँग मात्र जोड्न नहुने बताउँदै यो मेरो आन्दोलन हो, तेरो होइन भन्ने भावनाले द्वन्द्व सिर्जना गर्न सक्ने बताए ।

उनले भने, ‘समाजले परिवर्तन खोजिरहेको बेला यो मेरो आन्दोलन हो, तेरो होइन भन्ने कुराले द्वन्द्व मात्र निम्त्याउँछ । म अमेरिकामा थिएँ, कसैले घर जलाए भन्यो ।’

माग्ने बुढाले तोडफोडको नाममा स्वतन्त्र कलाकारलाई मात्र प्रहार गर्न नहुने धारणा राखे ।

संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले दीपकराजलाई चिन्ता नलिन आग्रह गरे । ‘दीपकजी तपाईंले सहि गर्नुभएको छ भने चिन्ता नलिनूस । जनताले न्याय गर्नुहुन्छ’ उनले भने ।

चलचित्र विकास बोर्डको समन्वयमा मन्त्रालयले विहिबार कलाकारसँग छलफल कार्यक्रमको आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?