प्रतीकात्मक तस्वीर
२० कात्तिक, काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिका-१ डाँडाखर्कस्थित नौलोगाउँमा आगलागीबाट एउटा घर जलेर क्षति भएको छ ।
बिहीबार पौने ३ बजेको समयमा कैलाश गाउँपालिका-१ डाँडाखर्कस्थित नौलोगाउँकी ७० वर्षीया गोमामाया गुरुङको कच्ची घरमा आगलागी भएको हो ।
आगलागीबाट ढुङगा र माटोले बनेको गुरुङको २ तल्ले कच्ची घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
गुरुङको भान्सा कोठामा तरकारी पकाउने क्रममा तेल झुक्कियर आगोमा पर्न गई आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयको सहयोगमा दिउँसो साढे ३ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मकै, चामल, लत्ता कपडा, भाडा बर्तन लगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4