News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'जारी २ : सङ अफ च्याब्रुङ' को भव्य प्रिमियर काठमाडौंको एक हलमा प्रदर्शनको पूर्वसन्ध्यामा गरिएको छ।
- प्रिमियरमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकले लिम्बु समुदायको पहिरनमा परम्परागत बाजा च्याब्रुङ बजाएका थिए।
- फिल्मले पूर्वी पहाडको लिम्बु समुदायमा विद्यमान जारी प्रथाको कथा प्रस्तुत गरेको छ र नेपालसहित अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आएको छ।
काठमाडौं । प्रदर्शनको पूर्वसन्ध्यामा फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ लाई राजधानीको एक हलमा भव्य प्रिमियर गरिएको छ ।
‘कास्ट एन्ड क्रू’ को सहभागितामा आयोजित प्रिमियरमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकले लिम्बु समुदायको पहिरनमा सजिएर परम्परागत बाजा च्याब्रुङ बजाएका थिए ।
कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल लिम्बु पहिरनमा प्रस्तुत भएका थिए । फिल्मको कथावस्तु पनि पूर्वी पहाडको लिम्बु समुदायमा विद्यमान जारी प्रथाको कथा पेश गरिएको छ ।
उपेन्द्र सुब्बा निर्देशित फिल्मलाई बाँसुरी फिल्म्सका रामबाबु गुरुङसहितले निर्माण गरेका हुन् । यो फिल्म नेपालसहित अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबारदेखि नै प्रदर्शनमा आएको छ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4