+
+
Shares

महाधिवेशनबारे मध्यमार्गी बाटो खोजौं : गोविन्द भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १९:०७
फाइल तस्वीर

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले महाधिवेशनबारे मध्यमार्गी बाटो खोज्नु पर्नेमा जोड दिएका छन् ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले पार्टीमा देखिएको चुनाव अघि वा चुनावपछि महाधिवेशन गर्ने भन्ने अडानको बीचबाट सहमति खोजिनु आवश्यक रहेको बताएका हुन् ।

‘हाम्रो महाधिवेशन तयारीको काम खासै अघि बढेको छैन । त्यसैले आमनिर्वाचन अघि कि आमनिर्वाचन पछि महाधिवेशन सम्पन्न गर्ने भन्ने अडानको बीचबाट सहमति निर्माण गर्नु आवश्यक छ,’ नेता भट्टराईले भने ।

उनले आगामी १५ मंसिरमा उद्घाटन भई मंसिरभित्रै महाधिवेशनका सबै कार्यहरू सम्पन्न भइसक्नुपर्छ भन्नेमा आफू रहेको बताए । पुसदेखि पूर्णरूपले आमनिर्वाचनमा होमिनुपर्ने उनको भनाइ छ ।

‘व्यक्तिगत रूपमा भन्नुपर्दा मेरो चाहना १५ मंसिरमा उद्घाटन भई मंसिरभित्रै महाधिवेशनका सबै कार्यहरू सम्पन्न भइसक्नुपर्छ भन्ने छ । समय नै नभएकाले पुसबाट हामी पूर्णरूपले आमनिर्वाचनमा होमिनु पर्नेछ,’ उनले भने, ‘अघिल्लो बैठकमा डाक्टर शेखर कोइरालाबाहेक हामी कसैले पनि महाधिवेशन गर्ने विषयमा कुनै चर्चासम्म गरेनौं ।’

जीवन्त लोकतान्त्रिक पार्टी भएकाले कांग्रेसका लागि महाधिवेशन अनिवार्य शर्त भएको भन्दै उनले महाधिवेशनबाट पछाडि हट्न नहुनेमा जोड दिए ।

‘कुनै पनि लोकतान्त्रिक दलका लागि आवधिक महाधिवेशन नै सबै संरचनालाई अद्यावधिक गर्ने, नेतृत्वमा आउनेलाई नयाँ अवसर प्रदान गर्ने, नीतिहरूको पुनर्मूल्यांकन र नयाँ नीतिहरूको निर्माण गर्ने उपयुक्त थलो हो,’ नेता भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?