+
+
Shares

जुकाको औषधि घाँटीमा अड्किएर दाङको गढवामा १८ महिने बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते १७:००

२२ कात्तिक, दाङ । दाङ देउखुरीको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ ।

गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए ।

राष्ट्रव्यापी रूपमा सञ्चालन भइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत खुवाइएको औषधि खाँदै गर्दा घाँटीमा अड्किएको र सोही कारण दुई मिनेटमै बालिकाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

घटना गढवा गाउँपालिका–४ रामनगरमा भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किएपछि सास रोकिन गई मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शवको पोष्टमार्टम राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा गरी शव परिवार लाई बुझाइएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?