+
+
Shares

काठमाडौं महानगरमा फोहोर वस्तु बाल्न रोक, बालेमा १० हजार जरिबाना

महानगरको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर बालेमा १० हजार रुपैयाँ जरिबाना गर्ने चेतावनी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १३:१३
प्रतीकात्मक तस्वीर

२३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर बाल्न रोक लगाएको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर बालेमा १० हजार रुपैयाँ जरिबाना गर्ने चेतावनी दिएको छ ।

चिसो मौसम सुरु भएसँगै फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको भन्दै यस्तो चेतावनी दिएको हो ।

जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको भन्दै महानगरले यस्तो सूचना जारी गरेको जनाएको छ ।

विभागकी प्रमुख सरिता राईका अनुसार जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।

वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिलाई बढी असर गर्ने महानगरको भनाइ छ ।

महानगरले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?