१ भदौ, काठमाडौं । गत आर्थिक वर्षमा चिलिमे हाइड्रोपावर कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्ष ९६ करोड ५० लाख रुपैयाँ नाफा गरेको कम्पनीले गत आर्थिक वर्षमा जम्मा ९३ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ ।
यस अवधिमा कम्पनीको बिक्री आम्दानी १.७ प्रतिशतले बढेर ९८ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ९६ करोड ८५ लाख रुपैयाँ रहेको थियो ।
त्यसैगरि, बिक्री लागत ९ करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो लागत ९ करोड ८ लाख रुपैयाँ रहेको थियो ।
बैंकको ब्याज आम्दानी पनि घटेर २२ करोड ३२ लाख रुपैयाँमा सिमित हुन पुगेको छ । अघिल्लो आवमा कम्पनीले २५ अर्ब ४० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । अन्य स्रोतबाट हुने आम्दानी पनि २७ लाख रुपैयाँबाट घटेर १८ लाखमा झरेको छ ।
कम्पनीको ह्रासकट्टी अघिल्लो वर्षको १० करोड ७० लाख रुपैयाँबाट बढेर गत वर्ष १० करोड ९१ लाख रुपैयाँमा पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ३७ पैसा, मूल्य आम्दानी अनुपात ६६.१३ गुना, प्रतिशेयर नेटवर्थ २९६ रुपैयाँ ५४ पैसा, प्रतिशेयर कुल सम्पत्तीको मूल्य ३०१ रुपैयाँ ५१ पैसा र तरलता अनुपात २२.०१ प्रतिशत रहेको छ ।
कम्पनीले संस्थापक शेयरधनी भई स्थापित सहायक कम्पनीहरु सान्जेन जलविद्युत कम्पनी, मध्यभोटेकोशी जलविद्युत कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनीमार्फत निर्माण हुन लागेका आयोजनाहरुमा शेयर लगानी गर्न र शेयरधनीहरुलाई लाभांश समेत वितरण गर्न सो रकम प्रयो गर्दै जाने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया 4