+
+
Shares

प्रत्यक्ष कार्यकारीले देशका सबै समस्या समाधान गर्छ भन्नु मुर्खता हो : अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १६:२०

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस नेता राधेश्याम अधिकारीले प्रत्यक्ष कार्यकारी सरकार प्रमुखले देशका सबै समस्याहरू समाधान गर्छ भन्नु मुर्खता मात्रै हुने बताएका छन् ।

मंगबार काठमाडौंमा आयोजित मंगलवार नेपाल कानून समाजद्वारा काठमाडौंमा आयोजित प्रतिनिधि सभाको निर्वाचन: चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अहिलेका नेताहरू पार्टीको अध्यक्ष त छोड्न नसक्ने परिस्थितिबाट प्रत्यक्ष कार्यकारी प्रमुख पाए झन अवस्था के होला ? भन्दै उनले प्रश्न पनि गरे ।

दलित, मधेसी, सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्नसक्छ ? भन्नु मूर्खता मात्रै हुने बताए । समानुपातिक, समावेशी, संघीयताको कुरा ठट्टाको विषय नभएको उनले बतँए।

‘२० वर्ष अगाडिको सारंगी अहिले बजाउँदैछन् भन्नुभयो । तीन वटा मुख्य दलको नेताको त्यो पदमा पुगेपछि हेर्नुस् प्रवृत्ति । जुन राजनीतिक दलका नेताले आफ्नो पार्टीको पद छोड्न सक्दैनन् । तिनले सत्ता पाए भने छोड्छन् ?,’ उनको प्रश्न थियो, ‘दलित, मधेशी, सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्नसक्छ ? जाति, जनजाति, भाषाहरुको प्रतिनिधित्व यो संविधानले बोकिरहेको छ । समानुपातिक, समावेशी, संघीयताको कुरा जुन छ । यो ठट्टाको विषय होइन । ख्यालख्यालमा आएको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?