+
+
Shares

स्थानहद निर्धारण र राहदानी रोक्काबारे जानकारी छैन : निवर्तमान गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १३:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निवर्तमान गृहमन्त्री रमेश लेखकले आफूलाई स्थानहद निर्धारण र राहदानी रोक्का गरिएको विषयमा कुनै लिखित वा मौखिक जानकारी नभएको बताएका छन्।
  • लेखकले दुई महिनाअघि आफू र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद र राहदानी रोक्का गरिएको समाचारबाट मात्र थाहा पाएको बताएका छन्।
  • लेखकले जेनजी आन्दोलनमा राज्य पक्षको दमनको जिम्मेवारी लिन अस्वीकार गर्दै सुरक्षा संयन्त्रलाई अप्रिय घटना नहोस् भनेर सजग गराएको बताएका छन्।

२६ कात्तिक, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले बुधबार आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा सरकारका तर्फबाट लिखित र मौखिक कुनै पनि जानकारी नगराइएको बताएका हुन् ।

‘मलाई आजसम्म सरकारको वा सरकारको कुनै पनि निकायले लिखित रूपमा या मौखिक रूपमा स्थानहद गरेको या पासपोर्ट रोक्का गरेको जानकारी दिएको छैन, सूचना दिएको छैन, सोधेको छैन, किन रोक्का गर्ने किन नगर्ने भनेर,’ लेखकले भने, ‘कुन संविधान, कुन कानुन कुन ऐनको कुन प्रावधान बमोजिम के औचित्यका लागि के प्रयोजनका लागि, कति अवधिका लागि मलाई स्थान हद गरियो भन्ने कुरा मलाई जानकारी छैन ।’

उनले दुई महिनाअघि आफू र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकेर राहदानी रोक्का गरेको वर्तमान सरकारको निर्णय समाचारका माध्यमबाट सुनेको पनि बताए ।

‘निवर्तमान प्रधानमन्त्री र मलगायतलाई स्थान हद गरेको छ रे । अनि पासपोर्ट रोक्का गरिएको छ रे,’ पूर्वगृहमन्त्री लेखकले भने, ‘म रे किन भन्दैछु भने सरकारले, सरकारका सम्बन्धित निकायले दुई महिना पहिला स्थान हद गर्ने र पासपोर्ट रोक्का गर्ने निर्णय गर्‍यो भनेर समाचारबाट सुनियो ।’

तत्कालीन गृहमन्त्री लेखकले जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन अस्वीकार पनि गरे । बैठकमा घटनाबारे ब्रिफिङ गर्दै उनले सुरक्षा संयन्त्रलाई आफूले कुनै पनि अप्रिय घटना नहोस् भनेर सजग गराएको पनि बताए ।

‘प्रधानमन्त्री र मन्त्रीले त्यो आदेश दिने विषय पनि होइन, दिनु पनि पर्दैन । मैले क्याजुलिटी नहोस् भनेर २२ गते साझ पनि मिटिङमा भनेको छु,’ लेखकले बैठकमा भने, ‘दोस्रो दिन बिहान पनि मैले गृहसचिव र दुवै प्रहरीका आईजीपीलाई क्याजुटिली नहोस् है । क्याजुलिटी कुनै पनि हालतमा हुनुहुन्न पटक–पटक भनेको छु । त्यो कुरा नेपाल प्रहरीका महानिरीक्षकले सञ्चारमाध्यममा व्यक्त पनि गर्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?