२७ कात्तिक, विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता समापन भएको ८ महिनापछि आयोजकले हिसाब सार्वजनिक गरेको छ । बिहीबार प्रतियोगिता नाफामा रहेको हिसाब सार्वजनिक गरेको हो ।
गत फागुन १९ गतेदेखि २८ गते नवौ संस्करणको विराट गोल्डकप सञ्चालन भएको थियो ।
नवौं संस्करणको प्रतियोगिताको संयोजक उद्योगी नविन रिजालले प्रतियोगिताबाट करिब ३ लाख रुपैयाँ मुनाफा भएको बताए । सातौं र आठौ संस्करण भने घाटामा गएको थियो ।
विराटनगर फुटबल ट्रस्टले बिहीबार पत्रकार सम्मेलन गर्दै २ लाख ९४ हजार ३७४ रुपैयाँ मुनाफा भएको बताएको हो ।
संयोजक रिजालले टिकट बिक्री कम, प्रायोजकले प्रतिवद्धता अनुसार भुक्तानी नदिदा मुनाफा कम भएको बताए । नवौं संस्करणको गोल्डकपमा करिब १ करोड ७ लाख २१ हजार रुपैयाँ आम्दानी १ करोड ४ लाख रुपैयाँ खर्च भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4