+
+
Shares

कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

उनी १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर गएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १२:३४

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले पुष्टि गरेका छन् ।

उनी १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर गएका थिए । जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए ।

२४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भएका थिए ।

सोही बैठकलाई सम्बोधन गरेर सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?