२८ कात्तिक, काठमाडौं । उपचारका लागि सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति स्वदेश फर्किउका छन् ।
सभापति देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा सिंगापुर एयरलाइन्सको विमानमार्फत् शुक्रबार बेलुका स्वदेश फर्किएका हुन् ।
उनी १० कात्तिकमा पत्नी डा. आरजुका साथ उपचारका लागि सिंगापुर गएका थिए । १८ दिने उपचार सकेर देउवा दम्पत्ति शुक्रबार स्वदेश फिर्ता भएको देउवाको सचिवालयले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए ।
२४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भएका थिए ।
सोही बैठकलाई सम्बोधन गरेर सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4