तस्बिर : प्रदेश सांसद उपेन्द्र महतोको सामाजिक सञ्जालबाट
२९ कात्तिक, जनकपुरधाम । उपसभामुख बबिता कुमारी राउत ईशरले प्रांगणमै प्रदेशसभा सञ्चालन गरेकी छन् ।
बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बैठक बोलाउन प्रस्ताव राखेका थिए ।
उपसभामुख ईशरले कर्मचारी नभएको तथा विभिन्न समस्या भएको बताएकी थिइन् ।
पूर्वमुख्यमन्त्री समेत रहेका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले खुला ठाउँमै प्रदेशसभा बैठक आह्वान गर्न आग्रह गरेका थिए । सोही अनुसार अहिले प्रदेशसभा बैठक चौरमै बसिरहेको हो ।
यसअघि सात दलका प्रदेश सांसदहरू एक घण्टा जति प्रदेश सभा भवनको अगाडि प्राङ्गणमा बसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4