News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेप २०८२ असार मसान्तमा १५.४३ प्रतिशतले वृद्धि भई ६ खर्ब ६० अर्ब १० करोड ३२ लाख पुगेको छ।
- प्रदेशका बैंक तथा वित्तीय संस्थाले २०८२ असार मसान्तसम्म कुल कर्जा ५ खर्ब ७७ अर्ब २७ करोड ६० लाख प्रवाह गरी २.९२ प्रतिशतले वृद्धि गरेको छ।
- नारायणघाट-बुटवल सडक आयोजनाको भौतिक प्रगति ६९.०३ प्रतिशत र कालीगण्डकी करिडोरको भौतिक प्रगति ७९ प्रतिशत पुगेको छ।
३० कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेप १५ प्रतिशतले बढेको छ ।
ती संस्थाले यो अवधिमा लगानी गरेको कर्जा भने २.९२ प्रतिशतमात्र रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
लुम्बिनीका बैंक तथा वित्तीय संस्थाले २०८२ असार मसान्तमा परिचालन गरेको निक्षेप २०८१ असार मसान्तको तुलनामा १५.४३ प्रतिशत धेरै हो ।
उनीहरूको कुल निक्षेप ६ खर्ब ६० अर्ब १० करोड ३२ लाख पुगेको छ । योमध्ये चल्ती निक्षेप ३३.१५, बचत निक्षेप ३५.१२ र अन्य बचत २१.०५ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । उक्त अविधिमा मुद्दती निक्षेप भने ६.४७ प्रतिशतले वृद्धि भएको छ ।
लुम्बिनी प्रदेशका जिल्लाहरूको कुल निक्षेपको अवस्था तुलना गर्दा सबैभन्दा धेरै हिस्सा रुपन्देहीमा ४२.३३ प्रतिशत छ भने सबैभन्दा कम रुकुमपूर्वमा ०.३८ प्रतिशत छ ।
२०८२ असार मसान्तसम्म प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०८१ असार मसान्तको तुलनामा २.९२ प्रतिशतले वृद्धि भई ५ खर्ब ७७ अर्ब २७ करोड ६० लाख पुगेको छ ।
त्यसैगरी २०८१ असार मसान्तमा कर्जा/निक्षेप अनुपात ८७.४५ प्रतिशत छ । कुल कर्जाको जिल्लागत अवस्था तुलना गर्दा सबैभन्दा धेरै हिस्सा रुपन्देहीको ५०.४६ र सबैभन्दा कम रुकुमपूर्वको ०.२३ प्रतिशत छ ।
त्यस्तै कर्जा/निक्षेप अनुपात सबैभन्दा धेरै बाँकेमा १३३.४९ प्रतिशत छ भने सबैभन्दा कम अर्घाखाँचीमा १४.४१ प्रतिशत छ । २०८२ असार मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाका ऋणी संख्या २०८१ असार मसान्तको तुलनामा घटेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ ।
त्यसैगरी लुम्बिनीका बचत तथा ऋण सहकारी संस्थाहरूको कुल पूँजी २.४४ प्रतिशतले घटेको छ भने बचत परिचालन ६.१६ प्रतिशतले बढेको छ । ती संस्थाबाट गरिएको कर्जा प्रवाह २.५० प्रतिशतले वृद्धि भएको छ ।
त्यस वर्ष सेवा क्षेत्रमा प्रवाहित कर्जा १.२६ प्रतिशतले गिरावट आएको छ । कुल प्रवाहित सेवा कर्जामा रुपन्देहीको हिस्सा सबैभन्दा धेरै ५३.८० प्रतिशत र रुकुमपूर्वको सबैभन्दा कम ०.१० प्रतिशतमात्र छ ।
गत आव लुम्बिनीको कृषि क्षेत्रमा प्रवाहित कर्जा ३.४६ प्रतिशतले ह्रास आएको छ । कृषि कर्जामा रुपन्देहीको हिस्सा सबैभन्दा धेरै ४३.८० प्रतिशत र रुकुमपूर्वको हिस्सा सबैभन्दा कम ०.४० प्रतिशतमात्र छ ।
गत आव लुम्बिनीका उद्योगहरूको औसत क्षमता उपयोग ५०.६० प्रतिशत छ । उक्त अवधिमा रोजिन उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ८८.६९ प्रतिशत र सबैभन्दा कम ड्राई सिरप उत्पादन गर्ने उद्योगले ८.६४ प्रतिशत क्षमता उपयोग गरेका छन् ।
औद्योगिक उत्पादनतर्पm सबैभन्दा बढी सिन्थेटिक कपडा उत्पादन १७०.७७ प्रतिशतले वृद्धि भएको छ । औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ६.९३ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ४३.६३ प्रतिशत र सबैभन्दा कम विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा १ प्रतिशत छ ।
गत आव लुम्बिनीमा घरजग्गा रजिस्ट्रेसन संख्या ४२.८२ प्रतिशतले वृद्धि भएको छ । त्यसबाट राजस्व गत वर्षको तुलनामा ५.४५ प्रतिशतले ह्रास भएको छ ।
२०८२ असार मसान्तसम्म नारायणघाट—बुटवल सडक आयोजनाको भौतिक प्रगति ६९.०३ प्रतिशत र वित्तीय प्रगति ६५.३४ प्रतिशत भएको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ५७.५१ प्रतिशत र वित्तीय प्रगति ५१.१० प्रतिशत भएको छ ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको भौतिक प्रगति ७९ प्रतिशत र वित्तीय प्रगति ७०.३५ प्रतिशत भएको केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया 4