+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

कीर्तिपुरमा क्रिकेट उल्लास (तस्वीरहरू)

पहिलो खेलका हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको उल्लेख्य उपस्थिति छ । एनपीएलको यो सिजनमा आज पहिलोपटक फ्लडलाइट बालेर खेल हुँदैछ ।

कमल प्रसाईं चन्द्रबहादुर आले कमल प्रसाईं, चन्द्रबहादुर आले
२०८२ मंसिर १ गते १७:४४

१ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजबाट सुरु भएको छ ।

त्रिवि क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ ।

खेलको उद्घाटन खेलमा प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् । हेलिकप्टरबाट पुष्पवृष्टि गराएर खेल उद्घाटन गराइएको थियो ।

पहिलो खेलका हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको उल्लेख्य उपस्थिति छ । एनपीएलको यो सिजनमा आज पहिलोपटक फ्लडलाइट बालेर खेल हुँदैछ ।

नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फ्लडलाइट बालेर खेल हुन लागेको हो ।

गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् ।

गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो ।

यस्तै काठमान्डु गोर्खाज गत संस्करण पाँचौँ स्थानमा रहेर लिग चरण सकाएको थियो ।

थप तस्वीरहरू :

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?