+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

शंकर पोखरेलको आरोप- अहिलेको सरकार चुनाव गराउन बनेको होइन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १८:१०

१ मंसिर,बुटवल । नेकपा एमालेको महासचिव शंकर पोखरेलले वर्तमान सरकार चुनाव गराउनका लागि नबनेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार भेटघाटमा  बोल्दै महासचिव पोखरेलले फागुन २१ मा चुनाव नहुने दावी गरे ।

‘नहुने निर्वाचनको पार्टीले पैरवी किन गर्ने ?’, पोखरेलले भने, ‘सरकारका क्रियाकलाप निर्वाचन गर्नेतर्फ छैनन्, निर्वाचन आयोगले भन्दैमा चुनाव हुन्न ।’

सरकारले दलहरुसंग संवाद र छलफल नगरेको जिकिर गर्दै महासचिव पोखरेलले प्रहरीबाट लुटिएका हतियार फिर्ता नभएका र कारागारबाट भागेका कैदी समेत बाहिर रहेकाले निर्वाचनको वातावरण नभएको बताए ।

पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको तर अहिलेको चुनौतीपूर्ण अवस्थाको निकास प्रतिनिधिसभा पुनस्थापना भएको तर्क गरे ।

‘केही राजनीतिक दलले जेनजी रिसाउलान् भनेर चुनाव भनेका छन्’, पोखरेलले भने, ‘एमालेको स्पष्ट अडान छ, २०५९ को जस्तो वैधता नपाउने चुनावको अर्थ छैन, प्रहरी र नागरिक डरको मनोविज्ञानबाट बाहिर ननिस्कदासम्म चुनाव हुन सम्भव देखिँदैन ।’

देशलाई संवैधानिक बाटोमा हिंडाउन प्रतिनिधिसभा पुनसंस्थापना, संविधान संशोधन गरेर युवाका माग संवोधन गरी अर्ली इलेक्सनमा जान सकिने पोखरेलको धारणा छ । उनले संसद् पुनस्थापना सडक र अदालत दुवैले गर्न सक्ने इतिहास रहेको बताए ।

संसद पुन:स्थापनाको माग लिएर एमाले आन्दोलनमा गएपछि पार्टीमा उत्साह देखिएको बताए ।

‘त्यो आन्दोलनमा रास्वपाको पार्टी कार्यालय कतै जलेनन्, काठमाडौं महानगरको प्रमुख प्रशासनिक भवनमा केही भएन तर वडा कार्यालयहरूमा आगजनी भयो, राष्ट्रपति भवन जल्यो तर निर्मल निवासमा केही भएन’, पोखरेलले भने, ‘यसबाट थाहा हुन्छ आन्दोलनका नाममा विध्वंश मच्चाउनेहरु को को थिए ?’

पोखरेलले भदौ २३ र २४ गतेको घटना फरक फरक व्याख्या गरिएको बताउँदै त्यो सही नभएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?