News Summary
Generated by OK AI. Editorially reviewed.- स्टारबोस कफीले काठमाडौं दरबारमार्गमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याएको छ।
- अभिनेत्री नम्रता श्रेष्ठलाई स्टारबोस कफीको आधिकारिक ब्रान्ड एम्बेसडर घोषणा गरिएको छ।
- कफीले तीनकुने र इमाडोलमा शाखा खोल्ने र नेपालका प्रमुख शहरमा फ्रेन्चाइज विस्तार गर्ने योजना बनाएको छ।
काठमाडौं । अन्तर्राष्ट्रियस्तरको क्याफे अनुभव नेपालमै पुर्याउने उद्देश्यसहित स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ ।
आयोजित विशेष समारोहमा अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र टक्सार ग्रुप अफ कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कफी हाउसको उदघाटन गरे ।
टक्सार ग्रुप अफ कम्पनीले संचालनमा ल्याएको स्टारबोस कफीले आधुनिक वातावरण, विश्वस्तरीय सेवा र उच्च गुणस्तरका कफी तथा विभिन्न परिकारमार्फत नेपालमा क्याफे संस्कृतिलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ ।
उद्घाटन समारोहमा अभिनेत्री श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडरका रूपमा चिनाइएको थियो । ब्रान्डप्रति ग्राहकको विश्वास मजबुत बनाउन नम्रताको लोकप्रियताले योगदान दिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
समारोहका प्रमुख अतिथि नबिल बैंकका सीईओ मनोज ज्ञवालीले चुनौतीपूर्ण आर्थिक अवस्थाबीच नयाँ व्यवसाय सुरु हुनु सकारात्मक सन्देश भएको बताए । उनका अनुसार स्टारबोस कफी हाउसले अन्य व्यवसायीलाई समेत नेपालमै नयाँ अवसर खोज्न प्रेरित गर्नेछ ।
कफीले तीनकुनेमा दोस्रो र ललितपुरको इमाडोलमा तेस्रो शाखा चाँडै सञ्चालन गर्ने तयारी गरिरहेको छ । यस्तै, आगामी दिनमा नेपालका प्रमुख शहरमा फ्रेन्चाइज विस्तार गर्ने योजना कम्पनीले अघि सारेको छ ।
स्टारबोस कफी टीजी भेन्चर्स अन्तर्गतको पहिलो हस्पिटालिटी प्रोजेक्ट हो ।
प्रतिक्रिया 4