News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रीपरिषद्ले सशस्त्र प्रहरी बलमा कानुन शाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलेलिजेन्स ब्यूरोको कमाण्डका लागि तीन जना डीआईजीको दरबन्दी थप गरेको छ।
- सशस्त्र प्रहरी बलमा डीआईजीको संख्या २१ पुगेको छ, जसमा २ प्राविधिकसहित १८ डीआईजी थिए।
- कीर्तिपुरस्थित निलबाराही गणलाई दंगा नियन्त्रण गण बनाइ एसएसपीको कमाण्डमा राख्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ।
३ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलमा तीन जना डीआईजीको दरबन्दी थप भएको छ । मंगलबारको मन्त्रीपरिषद् बैठकले सशस्त्रमा तीन जना डीआईजीको दरबन्दी थप गरेको एक मन्त्रीले बताए ।
थप भएको दरबन्दीअनुसार कानुन शाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलेलिजेन्स ब्यूरोको कमाण्ड अब डीआईजीले गर्नेछन् ।
यसअघि यी युनिटको कमाण्ड एसएसपीले गर्दै आएका थिए । योसँगै अब सशस्त्रमा २१ डीआईजी हुने भएका छन् । यसअघि २ प्राविधिकसहित १८ डीआईजी थिए ।
त्यस्तै कीर्तिपुरमा रहेको निलबाराही गणलाई दंगा नियन्त्रण गण बनाइएको छ । उक्त गणमा एसपीले कमाण्ड गर्दै आएकोमा त्यसलाई स्तरोन्नति गरेर एसएसपीले कमाण्ड गर्ने बनाइएको छ ।
दंगा नियन्त्रणबारे सशस्त्र प्रहरी बलले पेस गरेको प्रस्तावमा एसएसपीको कमान्डमा काठमाडौंमा छुट्टै दंगा नियन्त्रण गण बनाउनुपर्ने माग थियो । मन्त्रीपरिषद्ले यो प्रस्तावलाई स्वीकृत गरेको हो ।
प्रतिक्रिया 4