+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
45/3 (8.2)
Shares

सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी

बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १५:३०

४ मंसिर, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक जारी रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।

बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।

यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।

सिमरामा बुधबार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

बुधबार साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको थियो । आज पुन: अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कर्फ्यू लगाइएको छ । उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा मजबुत बनाउन राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?