+
+
WC Series
कर्णाली याक्स 2025
34/0 (2.6)
VS
१०२ बलमा १२३ रन आवश्यक
लुम्बिनी लायन्स 2025
156/8 (20)
Shares

एमाले प्रदर्शन : र्‍यालीसहित भृकुटीमण्डपमा पुग्न थाले नेता कार्यकर्ता (तस्वीरहरू)

अहिले भृकुटीमण्डपमा नेता कार्यकर्ताहरू भेला हुन थालेका छन् । उनीहरू पार्टीको झण्डा र विभिन्न प्लेकार्डसहितका ब्यानर बोकेर र्‍यालीसहित पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १३:१६

६ मंंसिर, काठमाडौं । नेकपा एमालेले आयोजना गरेको जनसभामा सहभागी हुन नता कार्यकर्ताहरू भृकुटिमण्डपमा पुग्न थालेका छन् । एमालेले आज वृहत् जनसभा गर्दैछ ।

‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ जनसभाको आयोजना गरिएको एमालेले जनाएको छ ।

जनसभाको आयोजना बागमती प्रदेश कमिटीले गरेको हो । प्रदर्शनसहित जनसभा हुने एमालेले जनाएको छ ।

अहिले भृकुटीमण्डपमा नेता कार्यकर्ताहरू भेला हुन थालेका छन् । उनीहरू पार्टीको झण्डा र विभिन्न प्लेकार्डसहितका ब्यानर बोकेर र्‍यालीसहित पुगेका छन् ।

प्रहरीका अनुसार, भृकुटीमण्डपमा हुने एमालेको प्रदर्शन र सभाका कारण मान्छेहरूको संख्या बाक्लो हुँदै गएपछि सवारी डाइभर्सन गरिएको हो ।

प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी  साधनलाई  पद्मोदयमोड र   सभागृहमोडबाट  डाइभर्सन  गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै र्‍याली चलिरहेकाले टुँडिखेल वरपर भएर चल्ने सवारी साधनको आवागमनमा पनि केही प्रभाव पर्नसक्ने देखिएको छ ।

सो क्षेत्रमा सहज यात्राका लागि उक्त सडकको  विकल्पमा अन्य   सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?