६ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नरहेको पनि उनले बताए ।
अबको बाटो निर्वाचन सम्पन्न गर्ने र निर्वाचन हुन नसके संसद पुन:स्थापनाको विकल्प नरहेको उनको भनाइ थियो ।
‘अबको निकास के त ? अहिलेको संक्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिको विकल्प छैन । पार्लियामेन्ट सिस्टम भएपनि राष्ट्रिय सहमतिबाट लैजाऔँ भनेका थियौँ । राष्ट्रिय सहमति हुन सकेन,’ उनले भने, ‘अहिलेको सम्भावना निर्वाचन सम्पन्न गर्ने, यदी निर्वाचन सम्पन्न गर्न सकिँदैन भने संसद् पुनर्स्थापना गर्नुको विकल्प छैन । संसद् पुन:स्थापना गर्नुपर्छ ।’
त्यहाँबाट संविधानमा संशोधन गरेर मात्रै आगामी कदम चाल्नुपर्ने उनको भनाइ थियो ।
‘त्यहाँबाट संविधानमा संशोधन गर्नुपरे त्यहाँबाट संशोधन हुनसक्छ । आवश्यकताअनुसार संशोधन हुनसक्छ । रेगुलर कोर्समा लैजाने हो । नियमित कोर्समा लैजाने हो । अहिले उत्तेजना मच्चाउने दिशामा छन् । हामी शान्तिको दिशामा छौं,’ गुरुङले भने ।
प्रतिक्रिया 4