+
+
Shares

दुई ‘मनीचेञ्जर’को अनुमति पत्र खारेज

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले लर्ड बुद्ध र स्तुपा मनीचेञ्जरको अनुमति पत्र नवीकरण नगरेपछि खारेज गरेको छ।
  • मनीचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप–विनियम (३) अनुसार अनुमति पत्र नवीकरण नगरेका कारण अनुमति खारेज गरिएको बैंकले जनाएको छ।
  • नियमावली अनुसार म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगरेको अवस्थामा अनुमति पत्र रद्द गर्ने व्यवस्था छ।

७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनीचेञ्जरको अनुमति पत्र खारेज गरेको छ । केन्द्रीय बैंकले समयमा अनुमति पत्र नवीकरण नगरेपछि लर्ड बुद्ध र स्तुपा मनीचेञ्जरको अनुमति खारेज गरेको छ ।

केन्द्रीय बैंकले सुन्धारा काठमाडौं ठेगाना भएका लर्ड बुद्ध मनी एक्स्चेञ्ज र स्तुपा मनी चेञ्जरको अनुमति खारेज गरेको हो ।

कारोबार गर्न अनुमति पाएकाहरूलाई मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप–विनियम (३) अनुसार अनुमतिपत्र नवीकरण नगरेकाले आवश्यक निर्णय गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

नियमावलीको व्यवस्था अनुसार म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गर्ने व्यवस्था अनुसार बैंकले अनुमति खारेज गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?