News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले पाएका छन्।
- एआईजी दानबहादुर कार्की २४ कात्तिकमा आईजीपीमा नियुक्त भएपछि उक्त ठाउँ एआईजीविहीन थियो।
- ईश्वर कार्की कोसी प्रदेश प्रहरी कार्यालयको इञ्चार्ज रहँदा एआईजीमा बढुवा भएका थिए।
९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन् ।
एआईजी दानबहादुर कार्की २४ कात्तिकमा आईजीपीमा नियुक्त भएसँगै उपत्यका प्रहरी कार्यालय रानीपोखरी एआईजीविहीन थियो । उक्त ठाउँमा ईश्वर कार्कीलाई मन्त्रिपरिषद्ले पदस्थापन गरेको हो ।
कार्की कोसी प्रदेश प्रहरी कार्यालयको इञ्चार्ज रहेकै बेला एआईजीमा बढुवा भएका थिए । सम्भवत् बुधबार दर्ज्यानी चिह्न लगाएर कमाण्ड सम्हाल्ने कार्कीको तयारी छ ।
यो कार्यालयले उपत्यकका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरको कमाण्ड गर्छ । तीनवटै जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अब कार्कीले नेतृत्व गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मातहतकै कार्यालय हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4