+
+
Shares

‘इन्गेजमेन्ट’ चर्चाले हैरान गरिमा, यथार्थ के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोडल तथा अभिनेत्री गरिमा शर्माले सामाजिक सञ्जालमा फैलिएको इन्गेजमेन्टको अफवाहप्रति प्रष्टिकरण दिइन्।
  • उनी भन्छिन्, \'म अमेरिका छु, नेपालमा मेरो इन्गेजमेन्ट भैसकेको छ, तर त्यो गलत समाचार हो।\'

काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्मा एक फिल्मी कार्यक्रमलाई लिएर अहिले अमेरिका घुमघाममा ब्यस्त छिन् । तर, स्वदेशमा भने उनको ‘इन्गेजमेन्ट’ चर्चा सामाजिक सञ्जालमा गर्माएको छ ।

उनले इन्गेजमेन्ट गर्दै गरेको जस्तो देखिने फोटो, भिडियो सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ । कतिपयले उनलाई बधाई तथा शुभकामना समेत दिएका छन् ।

यो चर्चाले भने गरिमालाई हैरान पारिरहेको देखिन्छ । उनले सामाजिक सञ्जालबाटै यसबारे प्रष्टीकरण दिँदै ‘फेक न्यूजले गर्दा आफू निराश’ भएको बताएकी छिन्, त्यो पनि सामाजिक सञ्जालको स्टाटसबाटै ।

उनी लेख्छिन्, ‘आफू यता अमेरिकामा छु । नेपालमा मेरो इन्गेजमेन्ट भैसकेछ । बिहे चाहिँ म नेपाल फर्केपछि गरौँला है । अब के भन्नु ? गलत समाचारको कारण सँधैजसो निराश छु ।’

यथार्थमा, जुन फोटो भाइरल भइरहेको छ, त्यो गरिमा अभिनित एक पुरानो म्युजिक भिडियोको स्क्रिनसट हो । जसलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलिएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?