+
+
WC Series
काठमान्डु गोर्खाज 2025
119/7 (17.5)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

फोटो नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको ‘क्यानभास’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले मंसिर १२–१४ मा भृकुटीमण्डपस्थित बोर्ड परिसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागितामा फोटो नेपाल कार्यक्रम आयोजना गर्ने जनाएको छ।
  • यस संस्करणमा ४५ बढी नेपाली र विभिन्न देशका कलाकारहरूले नेपाली संस्कृति, भू–दृश्य र आधुनिक अभिव्यक्तिका कथाहरू प्रस्तुत गर्नेछन्।
  • नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले फोटो नेपाललाई कला, संस्कृति र पर्यटन जोड्ने सृजनात्मक अभियान भएको बताउनुभयो।

९ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डले यस पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको उपस्थितिमा फोटो नेपाल कार्यक्रम आयोजना गर्ने भएको छ । सुष्मा आर्ट ग्यालरीको सहकार्यमा आगामी मंसिर १२–१४ सम्म भृकुटीमण्डपस्थित बोर्ड परिसरमा यस्तो प्रदर्शनी हुने बोर्डले जनाएको छ ।

यस संस्करणमार्फत कलालाई पर्यटन प्रवर्द्धन र सांस्कृतिक अभिव्यक्तिबीचको मौलिक सेतुका रूपमा उपयोग गर्ने परम्परालाई निरन्तरता दिइएको बोर्डको भनाइ छ ।

फोटो नेपालमा नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर र मानवीय पहिचानलाई उजागर गर्ने गरिएको छ । साथै कलाकार तथा तिनका कृतिलाई एकै ठाउँ ल्याई नेपालको विविधता र सिर्जनशीलता प्रस्तुत गरिनेछ ।

यस संस्करणमा वरिष्ठदेखि उदाउँदा प्रतिभा रहेका ४५  बढी नेपाली कलाकारहरूको सहभागिता रहनेछ । साथै रूस, अमेरिका, बेलायत, जापान, भारत, बंगलादेश र घानाका अन्तर्राष्ट्रिय कलाकारहरू समेत सहभागी हुनेछन् ।

प्रस्तुत कलाकृतिमा नेपाली संस्कृति, भू–दृश्य, नगरीय परिवर्तन, आध्यात्मिक तथा आधुनिक अभिव्यक्तिका विविध कथाहरू समेटिने छन् । जसले स्थानीय र अन्तर्राष्ट्रिय कलात्मक दृष्टिकोणबीच जीवन्त संवाद सिर्जना गर्नेछ ।

राष्ट्रिय कलाकारहरूको सहभागिता र अन्तर्राष्ट्रिय उपस्थितिसँगै प्रदर्शनीले नेपाललाई कला–पर्यटनको उदीयमान केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ, जहाँ आगन्तुकले सिर्जनशीलता र सांस्कृतिक कथनको गहिरो अनुभव एकै ठाउँमा पाउँछन् ।

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले फोटो नेपाल कला, संस्कृति र पर्यटनलाई जोड्ने शक्तिशाली सृजनात्मक अभियान बनेको बताए ।

‘नेपाललाई साहसिक पर्यटनको मात्र होइन, कलात्मक प्रेरणा र सांस्कृतिक आदान–प्रदानको केन्द्रका रूपमा स्थापित गर्ने अभियानसहित बोर्ड अघि बढिरहेको छ’ उनले भने।

प्रदर्शनी बिहान १० : ३० देखि दिउँसो ४ : ३० बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ । फोटो नेपाल अभियान सन् २०१६ फेब्रुअरीमा चर्चित स्विस भूवैज्ञानिक डा. टोनी हागेनका फोटोग्राफ समेटिएको प्रदर्शनीबाट सुरु भएको थियो ।

नेपालका प्राकृतिक, सांस्कृतिक तथा मानवीय आयामलाई विश्वसामु प्रक्षेपण गर्ने उद्देश्यका साथ सुरु गरिएको यस अभियानले त्यसयता नियमित प्रदर्शनी आयोजना गर्दै आएको छ, जसले फोटोग्राफीका माध्यमबाट नेपालको सौन्दर्य, विविधता र सिर्जनशीलतालाई निरन्तर उजागर गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?