+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
28/2 (4.1)
Shares

नक्कली पीएचडी देखाएर नियुक्ति लिएको भन्दै ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका चार जना अध्यापक विरुद्ध झुटो विवरणका आधारमा सहपरीक्षा नियन्त्रकको नियुक्ति लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • छनौट समितिमा संयोजक डा. जया लक्ष्मी प्रधान, सदस्य डा. मोतिलाल शर्मा र डा. मेधराज पोखरेल रहेका छन् र उनीहरूमाथि झुटो विवरण स्वीकार गरेको आरोप छ।
  • डिल्लीराम प्रसाईंले विद्यावारिधि उपाधि नपाई पीएचडी गरेको दाबी गरी सहपरीक्षा नियन्त्रक पदमा नियुक्ति नियुक्ति लिएको पाइएको अख्तियारले जनाएको छ।

१० मंसिर, काठमाडौं । पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका चार जना अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सहपरीक्षा नियन्त्रक छनौट समितिमा रहेका तीन प्राध्यापक र झुटो विद्यावारिधिको दावी पेश गर्ने सहप्राध्यापक विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

छनौट समितिमा रहनेमा संयोजक प्राध्यापक डाक्टर जया लक्ष्मी प्रधान र सदस्यहरु प्राध्यापक डाक्टर मोतिलाल शर्मा र प्राध्यापक डाक्टर मेधराज पोखरेल छन् ।

झुटो विवरण पेश गरेको आरोपमा त्रिभुवन विश्वविद्यालयका सहक परीक्षा नियन्त्रक बनेका डिल्लीराम प्रसाईं छन् ।

त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारको कार्यालयले एक वर्षअघि परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका लागि सह–परीक्षा नियन्त्रक पदको विज्ञापन निकालेको थियो ।

त्यसक्रममा छ जनाको आवेदन परेको थियो । प्रतिस्पर्धीहरूमध्ये एकजना छनौट गर्न त्रिभुवन विश्वविद्यालयले प्रधानको संयोजकत्वमा शर्मा र पोख्रेल रहेको तीन सदस्यीय छनौट समिति गठन गरेको थियो ।

प्रतिस्पर्धीमध्ये एक डिल्लीराम प्रसाईंले आफूले विद्यावारिधि गरेको भनी नामका अगाडी डा. लेखेका थिए । र पीएचडी गरेकाले विज्ञको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी भएको भनी प्रमाणपत्रहरू पेश गरेका थिए ।

उनले २७ भदौमा विद्यावारिधिको अन्तिम मौखिक परीक्षा सम्पन्न गरेको अभिलेखबाट देखिन्छ । तर उनले उपाधी नपाउँदै पीएचडी गरेको भनी कागजात तयार पारे । विद्यावारिधि गरेका प्रतिस्पर्धीले अरूको तुलनामा थप ८ अंक पाउँथे ।

तर ५ पुसमा डीन कुशुम शाक्यको अध्यक्षतामा बसेको अनुसन्धान समितिको बैठकमा उनले शोधपत्र पेश गरेपनि अन्तिम रूपमा स्वीकृत नभएको निर्णय गरेको थियो । उनले २९ माघमा मात्रै विद्यावारिधिको उपाधि पाएको खुलेको छ ।

आफूले पदको लाभ लिनका लागि नपाएको ओहोदा पाएको दाबी गरेको र झुटो विवरण पेश गरेको भन्दै अख्तियारले प्रसाईंविरुद्ध मुद्दा दायर गरेको हो । उनी बाहेक छनौट समितिमा रहेका तीन जनामाथि पेश भएको झुटो विवरण स्वीकार गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?