फिलिपिन्सको अल्बे प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
१० पाङ्ग्रे ट्रकले यात्रु भ्यानसँग ठोक्किँदा उक्त दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रहरीका अनुसार दुर्घटना कमालिग नगरपालिकाको राजमार्गमा भएको थियो । भिडिओ फुटेजमा ट्रक विपरीत दिशाबाट आएको १४ यात्रु बोकेको भ्यानसँग ठोक्किएको थियो ।
उद्धारकर्ताहरूले घाइतेहरूलाई पूर्ण रूपमा ध्वस्त भएका सवारी साधनबाट निकाल्न घण्टौं काम गर्नु परेको थियो ।
प्रहरीले ट्रकको ब्रेक बिग्रिएर यसले उच्च गतिमा यात्रा गरेको जनाएको छ । ट्रक चालक र सहायक समेत घाइते भएका छन् ।
प्रतिक्रिया 4