+
+
WC Series
जनकपुर बोल्ट्स 2025
29/4 (4.6)
VS
९० बलमा १२७ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

सामाजिक सुरक्षा प्रत्याभूत नहुँदा समाजमा असन्तोष : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १८:०७

११ मंसिर, काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले समाजमा देखिएको असन्तोषको एउटा कारण सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदाको परिणाम रहेको बताएका छन् ।

८ औं सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाल टे«ड युनियन महासंघले आयोजना गरेको सामाजिक सुरक्षा: वर्तमान अवस्था र भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले  समाजमा देखिएको अराजकता, असहिष्णुताले देश, राष्ट्रप्रतिको लगाव कमजोर बनाउँदै लगेको बताए । त्यसलाई सुधार गर्ने सशक्त माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुनसक्ने पोखरेलको भनाइ छ ।

‘हाम्रो समाजमा जुन प्रकारको असन्तोष छ । त्यो असन्तोष पछाडिको कारण भनेको सामाजिक सुरक्षाको प्रत्याभुति नहुँदाको परिणाम पनि होला भन्ने म ठान्दछु । समाजमा जुन प्रकाराको अराजकता, एक प्रकारको असहिष्णुता पछिल्लो समय अझ भन्ने हो भने देश, राष्ट्रप्रतिको लगाव नै कमजोर भएर जाने, आफ्ना सांस्कृतिक मूल्य, मान्यताहरुप्रति नै अनास्था र अविश्वास प्रकट गर्ने जुन प्रकारको प्रवृत्ति देखापरेको छ, त्यो प्रवृत्तिलाई सुधार गर्ने एउटा सशक्त माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुनसक्छ,’ उनले भने ।

एशियाली समाज सामाजिक र पारिवारिक सम्बन्धमा आधारित भएपनि क्रमश:  सूचना र प्रविधिको तिव्रताका कारण विघटनतर्फ गइरहेको उनको भनाइ छ ।

‘एशियाली समाज सामाजिक सम्बन्धमा आधारित समाज हो । पारिवारिक सम्बन्धमा आधारित समाज हो । क्रमश: सूचना प्रविधिको विकाससँगै पारिवारिक, सामाजिक सम्बन्ध, मूल्यहरु विघटनको प्रक्रियामा तिब्रताका साथ अघि बढिरहेका छन्,’ पोखरेलको भनाइ छ, ‘भविष्यप्रतिको असुरक्षाको भावनाले धेरै हदसम्म काम गरेको छ । भविष्यप्रतिको सुरक्षाबोध नागरिकमा पैदा गर्ने हो भने अहिले जुन प्रकारको सोसल इनार्किजमको तहमा समाज प्रवेश गरेको छ, त्यसलाई फेरि हाम्रै सामाजिक मूल्य, सांस्कृतिक मान्यतातर्फ फर्काउनसक्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?