News Summary
Generated by OK AI. Editorially reviewed.- सरोज ओलीले चार वर्षपछि गायनमा फर्केर नयाँ गीत 'तिम्रा माताजीलाई नमस्ते' सार्वजनिक गरेका छन्।
- गीतमा ओलीको शब्द र दीपक शर्माको संगीत रहेको छ भने भारतीय गायिका भूमी त्रिदेवीले महिलाको आवाजमा साथ दिएकी छिन्।
- गीतको भिडियोमा आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली र प्रेमा लाम्गादे प्रस्तुत छन् र नृत्य निर्देशन किरण थापाले गरेका छन्।
काठमाडौं । सरोज ओली ४ बर्षपछि गायनमा फर्किएका छन् ।
‘माछीले खाने खोलिको लेउ’, ‘जता जता पिरतीको बाटो’, ‘ए है माया’, ‘माया गरौँला’ लगायतका सुपरहिट गीत गाएका ओलीको आवाजमा रहेको नयाँ गीत ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक भएको छ ।
ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा भारतीय गायिका भूमी त्रिदेवीले महिलाको आवाजमा साथ दिएकी छिन् ।
किरण थापाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा गायक ओलीको साथमा आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली, प्रेमा लाम्गादे प्रस्तुत छन् ।
ठूलो सेटमा खिचिएको डान्सिङ बिटमा तयार पारिएको भिडियोले दर्शकको मन जित्ने देखिन्छ । पवन सुस्लिङ्गले गीतको भिडियोको छायांकन तथा सम्पादन गरेका छन् ।
प्रियंकासँग ओलीले ‘हरिबहादुरको जुत्ता’ फिचर फिल्मसहित म्युजिक भिडियोमा सहकार्य गरेका छन् ।
प्रतिक्रिया 4