+
+
Shares

सामन्था रुथ प्रभुले गरिन् निर्देशक राज निदिमोरुसँग विवाह

विवाह सोमबार बिहान ईशा योग केन्द्र भित्र रहेको लिंग भैरवी मन्दिरमा विवाह भएको थियो । विवाहमा ३० जना मात्र पाहुना उपस्थित रहेको उल्लेख छ । विवाहमा सामन्थाले रातो साडी लगाएकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु र निर्देशक राज निदिमोरुले सोमबार बिहान ईशा योग केन्द्रको लिंग भैरवी मन्दिरमा विवाह गरेका छन्।
  • विवाहमा ३० जना मात्र पाहुना उपस्थित थिए र सामन्थाले रातो साडी लगाएकी थिइन्।
  • राजकी पूर्वपत्नी श्यामली डेले इन्स्टाग्राममा ‘हताश मानिसले हताश काम गर्छन्’ लेखेकी थिइन् र उनीहरूले सन् २०२२ मा सम्बन्धविच्छेद गरेका थिए।

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु र निर्देशक राज निदिमोरुले सोमबार बिहान विवाह गरेका छन् । दुवैजनाले इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएका छन् ।

विवाह समारोह सोमबार बिहान ईशा योग केन्द्र भित्र रहेको लिंग भैरवी मन्दिरमा विवाह भएको थियो । विवाहमा ३० जना मात्र पाहुना उपस्थित रहेको उल्लेख छ । विवाहमा सामन्थाले रातो साडी लगाएकी थिइन् ।

आइतबार राति अबेरसम्म यी दुई विवाहको तयारीमा छन् कि छैनन् भन्ने बारेमा अड्कलबाजी सुरु भएको थियो । राजकी पूर्वपत्नी श्यामली डेले आफ्नो इन्स्टाग्राम स्टोरीमा ‘हताश मानिसले हताश काम गर्छन्’ भन्ने रहस्यमय अभिव्यक्तिसहितको स्टाटस पोस्ट गरेकी थिइन्, जसले गर्दा धेरै आश्चर्यचकित भए ।

श्यामली र राजले सन् २०२२ मा सम्बन्धविच्छेद गरेका थिए ।

सन् २०२४ को सुरुवातमा राज र सामन्थाको बढ्दो निकटताको बारेमा चर्चा सुरु भएको थियो । विगत एक वर्षमा, सामन्थाले सामाजिक सञ्जालमा राजसँगका फोटो पोस्ट गर्दै सावधानी अपनाएको बताएकी थिइन् ।

सामन्थाको पहिले विवाह अभिनेता नागा चैतन्यसँग भएको थियो । यद्यपि, विवाह गरेको ४ वर्षपछि उनीहरू अलग भए र उनले अभिनेत्री शोभिता धुलिपालासँग विवाह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?