+
+
Shares

सिंगापुरमा विद्यार्थीले स्कुल समयमा स्मार्टफोन र स्मार्टवाच प्रयोग गर्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते ५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिङ्गापुर सरकारले सन् २०२६ जनवरीदेखि माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालय समयभर स्मार्टफोन र स्मार्टवाच प्रयोग गर्न नपाउने नीति लागू गर्ने घोषणा गरेको छ।
  • शिक्षा मन्त्रालयले विद्यार्थीहरूमा स्वस्थ स्क्रिन प्रयोग बानी प्रवद्र्धन गर्न र सुधार्न यो कदम उठाइएको उल्लेख गरेको छ।
  • नयाँ नियम अनुसार विद्यार्थीहरूले मोबाइल र स्मार्टवाच विद्यालयले तोकेको सुरक्षित स्थान वा स्कुल ब्यागमा राख्नुपर्नेछ र आवश्यक परे विद्यालयले छुट दिन सक्नेछ।

१६ मंसिर, सिङ्गापुर । सिङ्गापुर सरकारले सन् २०२६ जनवरीदेखि माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालय समयभर स्मार्टफोन र स्मार्टवाच प्रयोग गर्न नपाउने नयाँ नीति लागू गर्ने घोषणा गरेको छ । पहिले लागू भएको नियम अनुसार विद्यार्थीहरूले केवल कक्षाको समयमा मात्र स्मार्टफोन प्रयोग गर्न पाउँथे ।

शिक्षा मन्त्रालयले आइतबार घोषणा गर्दै, यो कदम विद्यार्थीहरूमा स्वस्थ स्क्रिन प्रयोग बानी प्रवद्र्धन गर्न र उनीहरूको सुधार्न उठाइएको कदम रहेको जनाएको छ । नयाँ नियम अनुसार, विद्यार्थीहरूले आफ्नो मोबाइल र स्मार्टवाचलाई विद्यालयले तोकेको सुरक्षित स्थान वा स्कुल ब्यागमा राख्नुपर्नेछ । यद्यपि, आवश्यक परेमा विद्यालयले विशेष परिस्थितिमा छुट दिन सक्नेछ ।

मन्त्रालयका अनुसार, विद्यार्थीहरूमा अत्यधिक स्क्रिन प्रयोगले सुत्ने समय, शारीरिक गतिविधि र परिवार तथा साथीहरूसँगको सामाजिक अन्तरक्रियामा बाधा पुर्‍याउने देखिएको छ । यसले उनीहरूको समग्र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ ।

शिक्षक र अभिभावकहरूका अनुसार, यस कदमले विद्यार्थीहरूलाई बढी ध्यान केन्द्रित गर्ने, शारीरिक गतिविधिमा संलग्न हुने र सामाजिक सम्बन्धमा सुधार ल्याउने अवसर दिनेछ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?