१८ मंसिर, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज (बिहीबार) भारत भ्रमणमा आउँदै छन् । उनी दुई दिवसीय भ्रमणका लागि भारत आउन लागेका हुन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुटिन बिहीबार भारतीय समयअनुसार अपराह्न ४ बजे नयाँ दिल्ली पुग्दैछन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका छ ।
पुटिनको भ्रमणलाई मध्यनजर गरी भारतको सुरक्षा व्यवस्था कडा पारिएको छ । सबै सुरक्षा अंगहरुलाई ‘हाई अलर्ट’ मा राखिएको छ ।
‘पुटिनको आगमनदेखि फिर्ता हुनेसम्म सुरक्षा एजेन्सीहरूले हरेक गतिविधि निगरानी गर्ने छन्,’ नवभारत टाइम्समा समाचार छ ।
अमेरिकाले भन्यो– राम्रो खबर
अमेरिकाले पुटिनको भारत भ्रमणलाई ‘राम्रो खबर’ भनेर प्रतिक्रिया दिएको छ ।
दक्षिण र मध्य एशियासँग सम्बन्धित अमेरिकी नीति हेर्ने ‘ब्युरो अफ साउथ एन्ड सेन्ट्रल एशियन अफेयर’ले सामाजिक सञ्जाल एक्समार्फत् रुस र भारतको रक्षा सम्बन्धका लागि पुटिनको भ्रमणलाई राम्रो भनेर प्रतिक्रिया दिएको हो ।
यसैबीच ब्युरोले भारतको रक्षा मन्त्रालयले आफ्नो २४ एसएस–६० आर सीहङ्क हेलिकप्टरहरूका लागि सस्टेनमेन्ट प्याकेजमा हस्ताक्षर समेत गरेको छ । यी हेलिकप्टरहरूको विकास लान्कहिड मार्टिनले गरेका हुन् ।
बयानअनुसार ९४.६ करोड डलरको यो प्याकेजले भारतीय नौसेनाको समुद्री क्षमतालाई मजबुत गर्ने र अमेरिकासहित क्षेत्रीय साझेदारहरू साथ तालमेल बढाउने छ ।
अमेरिकाले यो कदमले दुवै देशलाई अधिक सुरक्षित र समृद्ध बनाउनेमा सहयोग गर्ने बताएको छ ।
२४ एसएस–६० आर सीहङ्क हेलिकप्टर बनाउने कम्पनीले यसलाई समुद्रमा काम गर्ने विश्वकै सबैभन्दा राम्रो हेलिकप्टर भन्दै आएको छ । जसलाई विशेष गरी समुद्री जहाजबाट उडान भर्न र अवतरण गर्न बनाइएको हो ।
प्रतिक्रिया 4