News Summary
Generated by OK AI. Editorially reviewed.- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत आउँदैछन्।
- पुटिनको ७३ वर्षको उमेरमा पनि फिटनेस र जीवनशैली भारतीय मिडियामा चर्चा भइरहेको छ।
- उनले बिहान ढिलो उठेर पनिर, अम्लेट, दलिया र फलफूलको जुस खान रुचाउँछन् भने मासु र माछामध्ये माछा छान्छन्।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज छिमेकी देश भारत आउँदैछन् । पुटिनको ३० घण्टाको यो भारत भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ । उनको भारत भ्रमणको विषय भारतीय मिडियामा निकै छाइरहेको छ । यससँगै उनको जीवनशैली र फिटनेसको चर्चा पनि भारतीय मिडियाहरूले गरिरहेका छन् ।
यद्यपि उनको व्यक्तिगत कुरा थाहा पाउन निकै गाह्रो पर्छ । तर, उनको जीवनी, उनले दिएका अन्तर्वार्ताहरूका आधारमा भने केही कुरा थाहा पाउन सकिन्छ । यसमा उनको जीवनशैली र खानपानबारे चर्चा गरिएको छ ।
अहिले ७३ वर्षको उमेर हिँडिरहेका पुटिन एकदमै फिट देखिन्छन् । तन्दुरुस्ती र आकर्षक शारीरिक बनावटका कारण पनि उनको चर्चा हुने गर्छन् । प्राय: सबैजना उनको फिटनेसको रहस्य जान्न चाहन्छन् । तर त्यस्तो शरीर बनाउनकै लागि भनेर उनले कुनै विशेष खानेकुरा नखाने उनले अन्तर्वार्ताहरूमा भन्दै आएका छन् ।
पत्रकार बेन जुडाहका अनुसार पुटिन ढिलो उठ्छन् । बिहान साधारण नास्ताबाट दिनको सुरुवा गर्छन् । दिउँसोतिर खाना खान्छन् । जुडाहको किताब ‘फ्रेजाइल एम्पायर: हाउ रसिया फेल इन एन्ड आउट अफ लभ विथ भ्लादिमिर पुटिन’ मा उल्लेख गरिए अनुसार उनी पनिर, अम्लेट वा कहिलेकाहीँ दलिया खान्छन् ।
उनलाई बट्टाईको अण्डा विशेष मनपर्छ । यसका साथै उनी फलफूलको जुस पिउँछन् ।
पुटिनले २०१९ मा जारग्रेड टिभीलाई बताए अनुसार खानामा उनको कुनै खास रोजाइ छैन । उनी विभिन्न प्रकारका तरकारीहरू मन पराउँछन् । टमाटर, काँक्रो र सलाद आदि पनि खाइरहेका हुन्छन् । प्राय: बिहानमा दलिया, पनिर र मह खान रुचाउँछन् । मासु र माछामध्ये एउटा छनोट गर्नुपर्यो भने माछा छान्छन् ।
प्रतिक्रिया 4