News Summary
Generated by OK AI. Editorially reviewed.- आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ठूला करदाताको पूर्ण कर परीक्षण नियमित रूपमा भइरहेको स्पष्ट पारेको छ।
- बैंक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी लगायतका फाइल चार वर्षमा म्याद जाने र सूचना दिई कागजात प्राप्त भएका फाइलको पूर्ण कर परीक्षण नियमित भइरहेको विभागले उल्लेख गरेको छ।
- अन्य करदाताको कर परीक्षण राजस्व जोखिमका आधारमा मात्र हुने विभागको भनाइ छ र अर्थमन्त्रीले आवश्यकता अनुसार मात्र फुल अडिट हुने बताएका थिए।
१८ मंसिर, काठमाडौं । ठूला करदाताको पूर्ण कर परीक्षण गर्ने काम अहिले पनि निरन्तर भइरहेको आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ ।
विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि विभाग अन्तर्गतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र आन्तरिक राजस्व कार्यालय समेतका लागि पूर्ण कर परीक्षण कार्य गर्ने गरी वार्षिक कार्यगत लक्ष्य निर्धारण भइरहेकोमा पूर्ण कर परीक्षणको काम नियमित भइरहेको विभागले स्पष्ट पारेको छ ।
खासगरी बैंक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी, आयकर ऐन २०५८ को दफा १०१ (३) तथा मूल्यअभिवृद्धि कर ऐन २०५२ को दफा २० (४) बमोजिम चार वर्षमा म्याद जाने फाइल र आयकर ऐन २०५८ को दफा ८३ बमोजिम सूचना दिई कागजात प्राप्त भएका फाइलको पूर्ण कर परीक्षण गर्ने काम नियमित भइरहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
अन्यका हकमा भने राजस्व जोखिमका आधारमा मात्र कर परीक्षण हुने विभागको भनाइ छ । यसअघि अर्थमन्त्री रामेश्वर खनालले आवश्यकता देखिएको अवस्थामा मात्र फुल अडिट हुने बताएका थिए ।
तर, विभागले विगतमा जस्तै फुल अडिट गर्न थालेपछि गुनासो बढेको थियो । जसमा स्पष्ट पार्दै विभागले यसलाई नियमित काम भनेको हो ।
प्रतिक्रिया 4