+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
19/0 (2.5)
VS
चितवन राइनोज 2025
0/0
Shares

सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन प्रभु साहको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन सरकारसँग माग गरेका छन्।
  • साहले सरकारको मनोमानी करले महंगी बढेको र हरेक वस्तुमा करमाथि कर लगाइएको आरोप लगाएका छन्।
  • उनले भारत र चीनमा सामान सस्तो पाइने तर नेपालमा महंगो हुनुको कारण कर आतंक भएको बताएका छन्।

१८ मंसिर, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन माग गरेका छन् ।

रौतहटको गौरमा रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन सक्नुपर्ने बताए ।

सरकारको मनोमानी कर लिइरहेको र यसले महंगी बढेको पनि उनले बताएका छन् । उनले करको नाममा हरेक क्षेत्रमा सरकारले आतंक मचाएको आरोप लगाए ।

‘सरकार पिच्छेको सरकारले हरेक वस्तुमा करमाथि कर लगाउने काम गरिरहेको छ,’ उनले भनेका छन्, ‘हामीभन्दा ठूलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउने ?’

यस्तो प्रश्न नागरिकस्तरमा रहेको उल्लेख गर्दै उनले थपे, ‘भारतमा २ लाखमा पाउने मोटरसाईकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने ?’

हरेक वस्तुमा मनपरी लगाउने गरिएकाले उद्योग, व्यापार क्षेत्र समेत प्रभावित रहेको उनको भनाइ छ ।

‘सर्वसधारणले उपभोग गर्ने वस्तुहरू धेरै कर कै कारण महंगो भएको छ,’ उनले भने, ‘गाउँ शहरदेखि सिमावर्ती क्षेत्रका सर्वसधारण नागरिक कर आतंकले पीडित भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?