+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नयाँ क्रियाशील सदस्यता वितरणबारे कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते ९:३७

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले आज (शुक्रबार) पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दैछ ।

महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले सबै भ्राृत तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई बोलाएर नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा छलफल गर्न लागको हो ।

समिति सदस्य सीता गुरूङले सदस्यता वितरणलाई एउटा राष्ट्रिय अभियानका रुपमा अघि बढाउन छलफल गर्ने लागिएको जानकारी दिइन् । उनका अनुसार समितिले भ्राृत तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई दिउँसो १ बजे सानेपामा बोलाइएको छ ।

‘आज हामी भ्रातृ र शुभेच्छुक संस्थासँग छलफल गर्छौैं । त्यसपछि केही निर्णयहरू गर्नुपर्ने छ । निर्णय गर्छौं,’ समिति सदस्य तथा केन्द्रीय सदस्य गुरूङले भनिन् ।

यसअघि महाधिवेशनको मिति तोकिएपछि बुधबार पहिलो पटक बसेको समितिको बैठकले दुई दिनभित्र १६५ निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्‍याइसक्ने निर्णय गरेको थियो ।

कांग्रेसले आसन्न १५ औं महाधिवेशनलाई क्रियाशील सदस्यताको विवादबाट मुक्त गराउने उद्देश्यसहित महामन्त्री थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बनाएर काम अघि बढाएको थियो ।

व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?