+
+
Shares

‘बिग बोस १९’ को फिनाले आज, कसले जित्ला ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सलमान खानले होस्ट गर्ने भारतीय टिभी रियालिटी शो 'बिग बोस १९' को विजेता आज घोषणा हुँदैछ।
  • कलर्स टिभीमा राती १० बजेर ४५ मिनेटदेखि ग्रान्ड फिनाले प्रसारण हुनेछ र ओटीटीमा जियो सिनेमा र डिज्नी लाइभमा उपलब्ध हुनेछ।
  • फिनालेमा ५ फाइनलिस्ट गौरव खन्ना, अमाल मलिक, तान्या मित्तल, फरहाना भट्ट र प्रणित मोरे प्रतिस्पर्धा गरिरहेका छन्।

मुम्बई । सलमान खानले होस्ट गर्ने चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस १९’ ले आज विजेता पाउँदैछ । कलर्स टिभीमा प्रसारण हुने शो नेपाली दर्शकमाझ पनि चर्चित छ ।

आइतबार राती सलमानले विजेताको नाम घोषणा गर्नेछन् । नेपाली दर्शकले कलर्स टिभीमा राती १० बजेर ४५ मिनेटदेखि ग्रान्ड फिनाले हेर्न पाउनेछन् भने ओटीटी दर्शकले जियो सिनेमा र डिज्नी लाइभमा हेर्न पाउनेछन् ।

उपाधिका लागि ५ जना फाइनलिस्ट प्रतिस्पर्धामा छन् । गौरव खन्ना, अमाल मलिक, तान्या मित्तल, फरहाना भट्ट र प्रणित मोरे प्रतिस्पर्धी छन् ।

२४ अगस्ट, २०२५ देखि सुरु शोको यो सिजनमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए । फिनालेमा नृत्य र सांगीतिक कार्यक्रमहरू पनि आयोजना हुने जनाइएको छ ।

पुरस्कार राशिको घोषणा भएको छैन । अघिल्ला सिजनमा विजेतालाई करिब ५०/५५ लाख भारु र ट्रफी दिइने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?