+
+
Shares

खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छ : कृषिमन्त्री

कृषिमन्त्री डा. मदनप्रसाद परियारले देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागि परेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १७:५२

२२ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागि परेको बताएका छन् ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री परियारले १६औँ पञ्चवर्षीय योजनाले लिएको सबैका लागि सुलभ र पौष्टिक खाद्यान्न सुनिश्चित गर्ने योजनाअनुसार नै सरकारका कार्यक्रम केन्द्रित रहेको दाबी गरे ।

राष्ट्रिय रणनीतिहरू प्रदेश तथा स्थानीय तहका खाद्य प्रणाली रुपान्तरण योजनसँग समायोजित गरिएको बताए । साना तथा सिमान्तकृत कृषकहरूको क्षमता विकासमा सबै लाग्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा वक्ताहरूले जलवायु अनुकूलनका खेती पद्धति अवलम्बन गर्ने दिशामा नेपाल लागिरहेको बताएका थिए ।

कृषि अनुसन्धानलाई प्रचारसँग जोडेर कृषिको उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा उनीहरूको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?