+
+

एनबी इन्स्योरेन्सका कर्मचारीले बीमा समितिमा धर्ना दिने

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ८ गते ११:३५

८ भदौ काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले आइतबारदेखि नियामक निकाय बीमा समितिमा धर्ना दिने भएका छन ।

निर्देशन नमानेपछि बीमा समितिले एनबीको कारोबार रोक्का गरेको थियो । समितिले कारोबार नखुलाउँदा कम्पनीको अवस्था दयनिय बन्दै गएको दाबी गर्दै संस्था जोगाउन धर्ना दिनुपरेको कर्मचारीहरुले बताए ।

‘सर्वसाधारणको लगानी सुरक्षित गर्न र कम्पनीको अस्तित्व बचाउन धर्ना दिनु परेको हो’ एनबी इन्स्योरेन्स कर्मचारी संघका अध्यक्ष घनानसिंह लामाले भने- ‘हाम्रो धर्ना दवावमूलक हुनेछ ।’

कारोबार रोक्का भएपनि कम्पनीका कर्मचारीहरुले पारिश्रमिक समेत पाएका छैनन् । एनबीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्‍याएको छैन । त्यसैगरी कम्पनीले भिविभन्न विषयमा दिएको समितिको निर्देशनका पालना गरेको छै्रन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?