+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

अशोक बिष्टको ‘मीठो मीठो बोली’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक अशोक बिष्टको स्वर रहेको नयाँ लोकगीत 'मीठो मीठो बोली' लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सार्वजनिक गरेका छन्।
  • गीतमा जातजाति र धर्मबीचको एकता, माया र प्रेमको कथावस्तु समेटिएको छ।
  • गीतको संगीत र निर्देशन सरोज प्याकुरेलले गरेका छन् भने भिडियोमा क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीको अभिनय देख्न सकिन्छ।

काठमाडौं । गायक, गीतकार तथा मोडल अशोक बिष्टको स्वर रहेको नयाँ लोकगीत ‘मीठो मीठो बोली’ सार्वजनिक भएको छ ।

उक्त गीत लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सार्वजनिक गरेका हुन् । गीतमा मौलिक कला, धर्म, संस्कृति लगायत विभिन्न जातजाति र धर्मबीचको एकता, माया र प्रेमको कथावस्तुलाई समेटिएको छ ।

गीतमा स्वर अशोक बिष्ट र अस्मिता न्यौपानेले दिएका छन् भने संगीत र निर्देशन सरोज प्याकुरेलले गरेका छन् । यस्तै, एरेन्ज वरिष्ठ एरेन्जर मनोहर सुनामले र रेकर्डिङ–मास्टरिङ भोला पौडेलले साउण्ड डिजाइन स्टुडियोमा सम्पादन गरेका हुन् ।

सुमधुर स्वरमा प्रस्तुत यो गीतको भिडियोमा पुनम दाहाल, अशोक बिष्ट सहित क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीको आकर्षक अभिनय देख्न सकिन्छ ।

नृत्य निर्देशन विद्यालयकी नृत्य शिक्षिका कमला चुधारले गरेकी छन् भने कोरियोग्राफी देवेन्द्र कुँवरले गरेका छन् । उनले ‘सानु तिमीले’, छिट्टै मान्छे हामी र फर्की आउन साथी सङ्गी लगायत २० वटा गीत सार्वजनिक भइसकेका छन् ।

अशोक बिष्टको आधिकारिक युट्युब च्यानलमार्फत यो गीत सार्वजिनक गरिएको हो । राष्ट्र सेवामा समर्पित बिष्टको यो पछिल्लो कोशेली हुन् । उनी हाल लिखु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?