+
+

वीपी विचार समाजको पहलमा सप्तरीका सडकमा सौर्यबत्ती

८ भदौ, सप्तरी । वीपी विचार समाज सप्तरी समन्वय समिति र राजविराज नगरपालिकाको अगुवाईमा राजविराजसहित जिल्लाका विभिन्न ५८ स्थानमा सोलार सडक बत्ती जडान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ८ गते ९:५१

संजीवविक्रम शाह

८ भदौ, सप्तरी । वीपी विचार समाज सप्तरी समन्वय समिति र राजविराज नगरपालिकाको अगुवाईमा राजविराजसहित जिल्लाका विभिन्न ५८ स्थानमा सोलार सडक बत्ती जडान गरेको छ ।

Solarवैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा राजविराजको सडक, गाविसको चौकदेखि मन्दिरसम्मका ५८ स्थानमा सोलार बत्ती जडान गरिएको छ । राजविराज नगरपालिकाको २१ र अन्य गाविसका मन्दिर र मस्जिदसहित ३७ स्थानमा सोलार सडक बत्ती जडान गरेको राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु गुरुङ्गले जानकारी दिए ।

नगरको चण्डीदुर्गा भगवती मन्दिर, हनुमान मन्दिर, शिव मन्दिर, रामजानकी मन्दिर,   राजदेवी मन्दिर, चित्रगुप्त मन्दिर र बागेश्वरी मन्दिर लगायतका विभिन्न स्थानमासोलार सडकबत्ती जडान गरिएको अधिकृत गुरुङ्गले  बताए ।

त्यस्तै खाँडो खोलास्थित डिहवार थान, विषहरिया गाविसको रामजानकी मन्दिर, लालापट्टीको मदरसा, मस्जिद रामजानकी डिहवार, बोरिया मन्दिर, बरही बिरपुरको हनुमान मन्दिर, हरिहरपुर मन्दिर, तिलाठी गाविस स्थित डिहवार थान, छिन्नमस्ता सखडा मन्दिर, भारदहको कंकालिनी मन्दिर, लौनिया मन्दिर, ईटहरी विष्णुपुरको मन्दिरमा सोलार बत्ती जडान गरेको छ ।

वीपी विचार समाजको पहलमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले ६० वटा सोलार सडकबत्ती राजविराज नगरमा दिएको वीपी विचार समाजका अध्यक्ष रामकुमार यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?