२६ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा मिचाहा प्रजाति ठूलो समस्याको रूपमा देखिएको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित प्रथम वाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय सम्मेलन, २०८२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालका सुन्दरतम तालतलैयाहरू र पर्यावरणमा मिचाहा प्रजातिले ठूलो असर गरेको बताए ।
चरणक्षेत्रहरूमा गन्धेझारहरूले वस्तुभाउको बासस्थान ध्वस्त पारेको र राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा फैलिएको वनमारा तथा लहरे वनमारा, जंगली सिलाम आदिले वन्यजन्तुको आश्रयस्थल नोक्सानी गर्नुका साथै बासस्थान नोक्सानी गरेको उनको भनाइ छ ।
‘नेपालमा पनि मिचाहा प्रजाति ठूलो समस्याको रुपमा देखिएको छ । हाम्रा सुन्दरतम तालतलैयाहरू, जलकुम्भीले यसले पर्यावरणीय क्षति गरेको छ । चरणक्षेत्रहरूमा पार्थेनियम र गन्धेझारहरूले वस्तुभाउको बासस्थान ध्वस्त पारिसकेको छ । हाम्रा राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुमा फैलिएको वनमारा तथा लहरे वनमारा, जंगली सिलाम आदिले वन्यजन्तुको आश्रयस्थल नोक्शानी गर्नुका साथै बासस्थान नोक्सानी गरेको छ । जसले गर्दा वन्यजन्तु संरक्षित क्षेत्र भन्दा बाहिर आई मानव—वन्यजन्तु द्वन्द्व बढेको छ । वनभित्र सुख्खा याममा मिचाहा वनस्पती, वन डढेलोको प्रमुख कारक भएको छ ।’
प्रतिक्रिया 4