News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको महाधिवेशनमा गायिका ज्योति मगरले उम्मेदवारको फोटो बोकेर प्रचारप्रसारमा सक्रिय भूमिका खेलेकी छन्।
- एमालेको नयाँ नेतृत्व चयनका लागि आज भृकुटीमण्डपमा मतदान हुँदैछ र विभिन्न उम्मेदवारका समर्थक प्रचारमा व्यस्त छन्।
- ज्योती मगरले पार्टीलाई समावेशी बनाउन र युवालाई केन्द्रीय कमिटीमा ल्याउन भोट माग्दै हिँडेको बताइन्।
१ पुस, काठमाडौं। नेकपा एमालेको महाधिवेशनमा गायिका ज्योति मगर पनि प्रचारप्रसारमा उत्रिएकी छन्।
नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान सुरु हुनुअघि उनी पनि उम्मेदवारको फोटो बोकेर प्रचारमा उत्रिएकी हुन् ।
ज्योति मगर केही महिनायता एमालेको पक्षमा खुलेर लागेकी थिइन् ।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । त्यसअघि विभिन्न उम्मेदवार र उनीहरुका समर्थकहरु प्रचार प्रसारमा व्यस्त छन् ।
ज्योती मगरले पार्टीलाई समावेशी बनाउन र युवालाई केन्द्रीय कमिटीमा ल्याउन आफू पनि भोट माग्दै हिंडेको बताइन् । ‘युवामा पुस्तान्तरण गर्ने कुरा छ राजनीति, त्यसकारणले गर्दाखेरि युवा चाहियो,’ उम्मेदवारको नाम लिँदै उनले भनेकी छन्, ‘समावेशीता चाहियो ।’
हेर्नुहोस् थप तस्वीरहरू :

प्रतिक्रिया 4