+
+
Shares

चलचित्रमार्फत कोशी प्रदेशको पर्यटन प्रवर्धन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशमा पर्यटन वर्ष २०८२ सम्बन्धी कार्यक्रम काठमाडौंस्थित दूसित प्रिन्सेस होटलमा सम्पन्न भएको छ।
  • मन्त्री सदानन्द मण्डलले चलचित्र उद्योग र पर्यटन क्षेत्रबीच सहकार्यले प्रदेशको आर्थिक तथा सांस्कृतिक पहिचान सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
  • चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्र पर्यटनले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो।

काठमाडौं । पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजनामा ‘कोशी पर्यटन वर्ष २०८२’ सम्बन्धी कार्यक्रम काठमाडौंस्थित दूसित प्रिन्सेस होटलमा सम्पन्न भएको छ ।

विभागीयमन्त्री सदानन्द मण्डल, प्रदेश सचिव इन्द्रप्रसाद सापकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसहित शिव श्रेष्ठ, लय संग्रौला, रमेश बुढाथोकी, राजकुमार राई, मिलन चाम्स, दीपक आचार्य, अनु शाह, प्राश्ना शाक्य, गजित बिष्ट, अरूण प्रधानलगायतका फिल्मकर्मी सहभागी थिए ।

मन्त्री मण्डलले चलचित्र उद्योग र पर्यटन क्षेत्रबीचको सहकार्यले प्रदेशको आर्थिक तथा सांस्कृतिक पहिचान सुदृढ हुने विश्वास व्यक्त गरे । साथै, कोशी प्रदेशमा छायांकन हुने फिल्मलाई आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाए ।

बोर्ड अध्यक्ष डीसीले चलचित्र पर्यटन विकासको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवर्धनमा चलचित्रले महत्वपूर्ण योगदान दिन सक्ने बताए ।

चलचित्रमार्फत पर्यटन प्रवर्धन गर्ने विषयमा कलाकर्मीसँग छलफल गर्दै कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यको प्रचार सामग्री देशभरका चलचित्र भवनमा प्रदर्शन गरि आन्तरिक पर्यटनमा वृद्धि गर्ने योजना डीसीले सुनाए ।

साथै कलाकारले र कोशी सरकारले प्रदेशमा छायांकन हुने चलचित्रको प्रवर्धनमा सहयोग गर्ने अनौपचारिक सहमति पनि भएको छ ।

निर्देशक आचार्यले प्रदेशमा छायांकनका क्रममा स्थानीय सरकारबाट अपेक्षित सहजीकरण नपाएको गुनासो व्यक्त गरे । जवाफमा प्रदेश सचिव सापकोटाले आगामी दिनमा फिल्मको छायांकनका लागि अनुकूल वातावरण निर्माण गरिने र स्थानीय तहसँग आवश्यक समन्वय गरिने विश्वास ब्यक्त गरे ।

कार्यक्रमले ‘कोशी पर्यटन वर्ष २०८२’ लाई चलचित्र उद्योगसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने दिशामा महत्वपूर्ण कदम चालेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?